News

Feb 16, 2009

गोरखा भर्ती बन्द गर्ने पक्षमा सरकार नरहेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री प्रचण्डले गोरखा भर्ती बन्द गर्ने पक्षमा सरकार नरहेको बताउनुभएको छ ।नेपाल भ्रमणमा रहेको बेलायती संसदीय प्रतिनिधि टोलीसित प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको भेटवार्तामा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको प्रधानमन्त्रीका विदेश मामिलासम्बन्धी सल्लाहकार हीराबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालले शान्ति स्थापना, नयाँ संविधान निर्माण र आर्थिक विकासमा जोड दिएको बताउनुभयो । जोन स्ट्यानलीको नेतृत्वमा आएको बि्रटिस पार्लियामेन्टरी युनियनको सो टोलीले प्रधानमन्त्री दाहाललाई नेपालको शान्ति र संविधान निर्माणप्रक्रिया उत्साहप्रद रहेको बताएको सल्लाहकार थापाले उल्लेख गर्नुभयो ।

No comments: