News

Feb 14, 2009

राष्ट्रसङ्घीय कार्यालय परिसरमा बम बिष्फोटको निन्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगञ्ज स्थित संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय परिसरमा गराइएको बम बिष्फोटको घटना प्रति मानवअधिकारकर्मीहरूले विरोध गरेका छन् । आज बसेको मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, पेशागत सङ्घसङ्गठनको आकस्मिक बैठकले उच्चायुक्तको कार्यालय माथिको प्रहार सम्पूर्ण मानवअधिकार आन्दोलन माथिको प्रहार ठहर गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, नेपाल पत्रकार महासङ्घलगायतका १७ वटा सङ्घसङ्गठनले मानवअधिकार, पत्रकारहरूको सुरक्षाको प्रत्याभुति दिन सरकारसँग माग गरको छ । गएराति कार्यालयको परिसरमा सकेटबम बिष्फोट गराइएको थियो । घटनास्थलमा 'भिषण हिमाली बाघ' नाम लेखिएको समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

No comments: