News

Feb 14, 2009

लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

पहिलोपटक जनस्तरबाट विद्रोह गर्ने लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गर्दै नेपाल मगर विद्यार्थी संघ, बागलुङले शुक्रबार र्‍याली तथा कोणसभा आयोजना गर्‍यो । थापाको १३२ औँ स्मृति दिवसको अवसरमा मगर विद्यार्थीहरूको र्‍यालीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ ।राणाशासनको विरुद्धमा जनस्तरबाट संगठित जनविद्रोह गर्ने लखन थापाको गोरखामा हत्या गरिएको थियो । मगर विद्यार्थीहरूको र्‍याली बजार परिक्रमा गरी लालिगुराँस चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा सङ्घका केन्द्रीय सदस्य खड्क थापा मगरले लखन थापालाई गणतान्त्रिक सरकारले तुरुन्त प्रथम सहिद घोषणा गरी सो अनुसार सम्मान दिनुपर्ने बताउनुभयो ।

No comments: