News

Feb 16, 2009

वेलायतमा भित्रिएका पीडित गोर्खाहरुद्धारा भोगहड्तालको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत/ विश्वासदीप तिगेला
गत १४ फेब्रुवरीका दिन वेलायतको फक्स्टोन टाउनमा शान्ति पदयात्रा गरि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले आफूहरुलाई वेलायतमा बसोवास गर्नको लागि सरकारले अनुमति नदिए भोगहड्ताल गर्ने चेतावनी दिएका छन् । वेलायत सरकारले पार्लियामेन्टबाटै पूर्व गोर्खा सैनिकहरुलाई वेलायतमा बसोवास गर्न पाउने अधिकार प्रदान गरि सकेको छ । यद्यपी स्पष्ट नीतिनियम समयमै नबनेको कारण झण्डै ४ सयको हाराहारीमा रहेका पूर्व सैनिकहरु समस्यामा परेका छन् । पिडीत पूर्व सैनिकहरु केही नातागोताकोमा बस्दै आएको भएता पनि धेरैका आफन्तहरु पनि छैन्न र काम गर्ने अनुमति पनि नभएको कारण अप्ठ्यारोमा परेका छन् । विगत दुइअढाइ बर्षदेखि वेलायतमा वसोबास गर्न पाउने अनुमतिको पर्खाइमा धेरै गोर्खालीहरु रहेका छन् । यसरी पीडित हुनेहरुमा सन् १९९७ अघि अवकास पाएका र विशेषत बृद्धहरु रहेका छन् । वेलायतमा वसोवास गर्दै आएका पहिलो नेपाली काउन्सिलर धन गुरुङको नेतृत्वमा सम्पन्न पदयात्रालाई वेलायतका प्रिन्टमिडिया र टेलिभिजनहरुले प्राथमिकताका साथ प्रसारण गरेको थियो । पीडित दाजुभाईहरुको समस्या देखेर आफूलाई सन्तोषको निन्द्रा नलागेको र आफ्नो पार्टी लिवरल डेमोक्रेट र आफ्नो तहबाट सक्दो काम गर्ने काउन्सिलर गुरुङले प्रतिबद्धता गर्नुभयो । स्मरण रहोस, वेलायत बस्नको लागि अनुमति पर्खनेक्रममा वेलायतका लागि लडेका ९ जना गोर्खालीहरुको असमायिक निधन भईसकेको छ । समयमै सरकारले अनुमति नदिए समस्या अरु भयावह बन्ने भएकोले सरकारलाई दबाव दिन आउदो समरमा भोगहड्ताल गर्ने काउन्सिलर गुरुङले बताएका छन् ।

No comments: