लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देशका प्रमुख नेताहरू तथा विदेशी प्रतिनिधिहरूसमेत एउटै मञ्चमा जमघट हुने नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौँ महाधिवेशनका लागि बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उद्घाटन समारोहमा यहाँ हुने जनउपस्थितिसमेतलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिनुका साथै बुटवल क्षेत्रमा राजमार्गलगायत नगर क्षेत्रमा सवारी साधनहरूको आवागमनमा रोक लगाइएको छ । महाधिवेशनको लागि व्यवस्थापन तयारी पूरा भएको छ । एमालेका सबै नेता, नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालगायत अन्य पार्टीका नेताहरू पनि यहाँ आइसक्नुभएको छ । प्रतिनिधिहरू आउने क्रम भने जारी छ । रपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर करिब दुई हजार सुरक्षाकर्मीको परिचालन गरिएको छ । कपिलवस्तु, नवलपरासी र रूपन्देहीको दक्षिणी क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विभिन्न स्थानमा ४० जनाका दरले सुरक्षा टोली परिचालित गरिएको छ ।प्रजिअ वाग्लेले भन्नुभयो- महाधिवेशनमा सहभागी हुन आउनेहरूलाई सुरक्षाका दृष्टिले कुनै समस्या पर्दैन, कुनै समस्या आएमा तत्काल 'एक्सन'मा जाने निर्देशन दिइएको छ । उहाँका अनुसार एमालेका स्वयंसेवक र प्रहरीबीच समन्वय मिलाइएको छ । महाधिवेशन केन्द्रीय प्रचारप्रसार उपसमितिका संयोजक ईश्वर पोखरेलले दिनुभएको जानकारी अनुसार उद्घाटन सत्रमा पार्टीका एक हजारभन्दा बढी र बन्दसत्र चल्ने दिनहरूमा ३५० जनाको हाराहारीमा स्वयंसेेवक परिचालन हुनेछन् । स्वयंसेवकका रूपमा पार्टीको 'पिपुल्स भोलेन्टियर्स'लाई खटाइएको छ ।महाधिवेशन उद्घाटन बुटवलमण्डपमा दिउँसो १.०० बजे महासचिव झलनाथ खनालबाट हुनेछ । यसअघि बिहान मनमोहन अधिकारीले लुम्बिनीबाट शान्तिदीप जलाएर बुटवलमा ल्याउने र कार्यकर्ताको मार्चपाष्टसहित महाधिवेशसन उद्घाटनस्थलमा लगिने बताइएको छ ।त्यसअगाडि विभिन्न स्थानबाट जुलुस आउनेछन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान ४ बजेदेखि राति २ बजेसम्मका लागि बुटवल क्षेत्रको राजमार्ग बन्द गरेर वैकल्पिक रुट -मोटरसाइकलबाहेक) तोकेको छ । यो अवधिमा महाधिवेशनमा आउनेहरूका सवारीसाधनलाई तोकिएको पार्किङस्थलसम्म मात्र आउन दिइने भएको छ । बुटवलमण्डप क्षेत्रमा सुरक्षाकर्मी र आकस्मिक सेवाका सवारीसाधनबाहेक कुनै पनि सवारीसाधनलाई आउन नदिइने सूचना जारी गरिएको छ । उद्घाटन समारोहमा एमालेका प्रमुख नेताहरू मात्र होइन, अन्य दलका प्रमुख नेताहरूले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेका सभापति गिरिजाप्रसाद कोइराला, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवका साथै तराई-मधेस लोकतान्त्रिक पार्टी, नेकपा -माले), राष्ट्रिय जनमोर्चा, नेकपा -एकीकृत), नेकपा -संयुक्त), सद्भावना पार्टी, नेमकिपा, राप्रपा, राजपालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम छ । यसैगरी १४ देशका कम्युनिसट, श्रमिक र समाजवादी गरी २१ पार्टीका ४० जना प्रतिनिधि सहभागी हुनुहुने भएको र विदेशी पार्टीहरूका तर्फबाट समेत शुभकामना मन्तव्य व्यक्त हुने कार्यक्रम छ । आयोजकसहित एक हजार चार सय पुरुष र ३९६ महिला प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको व्यवस्थापनका कामहरू सकिएका छन् ।महाधिवेशन स्थलमा चौबीसै घण्टा विद्युत् सेवाको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीहरूको सुविधाका लागि कम्प्युटर, इन्टरनेट सेवासहित प्रत्येक दिन कुनै समयमा बन्दसत्रको समेत अवलोकन गर्न दिने बताइएको छ ।नेपाल विद्युत प्राधिकरण, बुटवलले महाधिवेशनलाई ध्यानमा राखेर महाधिवेशन अवधिभरका लागि महाधिवेशनस्थल र वरपरका क्षेत्रमा लोडसेडिङ नगरिने जनाएको छ । बुटवलको पश्चिम क्षेत्रमा रातिको समयमा विद्युत् कटौती नगरिने जानकारी पनि दिएको छ ।महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यासम्म पनि पार्टीको नेतृत्वका लागि कुन नेता कुन पदमा उम्मेदवार बन्नुहुने हो वा सहमति कायम गरिने हो भन्ने स्पष्ट हुनसकेको छैन ।स्थायी कमिटीका सदस्य प्रदीप नेपाल भन्नुहुन्छ- नेतृत्वमा सहमतिका लागि व्यक्तिगत रूपमा नेताहरूसँग छलफल चलिरहेको छ तर यो प्रयास टुङ्गोमा पुगेको छैन । निर्वाचन कहिले हुने भन्ने पनि तय भएको छैन । 'यो पार्टीको आन्तरिक कार्य हो, बन्दसत्र सुरु भएपछि प्रतिवेदनहरू पारित गर्ने अनि पारित प्रतिवेदनहरूको व्यवस्था अनुसार निर्वाचन कार्यक्रम र विधि तय हुनेछ' स्थायी कमिटीका सदस्य तथा प्रचार संयोजक ईश्वर पोखरेलको भनाइ छ । उहाँले अरू पार्टीका मान्छेले एमालेका विभिन्न पदमा कुनै व्यक्ति रोजेर टिप्पणी गर्नुको कुनै अर्थ नरहने बताउनुभयो ।
यसैबीच अपराहृन भैरहवामा नबसी सोझै बुटवलमा आउनुभएका नेका सभापति गिरिजाप्रसाद कोइरालाले पत्रकारहरूसाग कुरा गर्न चाहनुभएन । "जे बोल्नुपर्ने हो म एमालेको महाधिवेशनमै बोल्नेछु", उहााले भन्नुभयो । यस्तै, आइतबार बेलुकी ८ बजेपछि केन्द्रीय कमिटीको बैठक बसेर अधिवेशनका सन्दर्भमा आवश्यक कमिटीहरू बनाउन छलफल गरेको बताइएको छ ।

No comments:
Post a Comment