News

Feb 14, 2009

लण्डनमा डा. लक्सम्बाले नेपालीहरुको समस्याको बारेमा जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
गत १० फेब्रुवरीका दिन लण्डनको हाउस अफ कमन्समा डा. चन्द्र लक्सम्बाले बेलायतमा रहेका नेपालीहरुको समस्याको बारेमा जानकारी गराउनु भयो साथै समस्या समाधानको लागि आग्रह पनि गर्नुभयो। वेलायती सरकारको तथ्याङ्कमा नेपालीहरु ५० हजार मात्र रहेको भनिए पनि नेपालीहरु वेलायतमा एक लाख भन्दा बढि रहेको बताउनु भयो। वेलायतमा रहेका नेपालीहरु मध्ये ७० प्रतिशत भन्दा बढि भूतपूर्व गोर्खा सैनिक रहेको र उनीहरुलाई पेन्सनमा भेदभाव, प्रवेशाज्ञामा समस्या भएको कुरा प्रस्तुत गर्नुभयो। संमग्र नेपालीहरुमा भाषा, संस्कृति, बालबालिकाहरुको लागि नेपाली भाषा शिक्षण लगायत सरकारी सुविधाहरु प्राप्त गर्ने सम्बन्धमा पनि समस्या रहेको कुरा उल्लेख गर्नुभयो। वेलायतमा थोरै संख्यामा रहेका विभिन्न सम्प्रदायका अगुवा तथा संस्थाका प्रतिनिधिहरुलाई बोलाएर सरकारी निकाय संग प्रत्येक्ष जानकारी आदानप्रदान गर्ने कार्यक्रममा नेपाली, थाई, रोमानियन, मोरक्कन र साउथ अफ्रिकनहरुको सहभागिता रहेको थियो। ब्रिटि्स मुस्लिम हुनुमा धेरै पीडा खेप्नु परेको गुनासो मोरक्कन र रोमानियाका प्रतिनिधिले गरे। त्यस्तैगरि थाइल्याण्डकी प्रतिनिधि रोसचोङले आफ्नो खोजकार्यको परिणाम उल्लेख गर्दै, अंग्रेज संस्कृति बोकेको र अन्य संस्कृति बोकेको बीचको विवाह जस्तो सम्बन्धमा अत्यधिक घरेलु हिसां हुने गरेको बताइन्। यो समस्या फिलीपिनो, भियतनामी लगायत संमग्र एसियालीहरुमा रहेको उनको तर्क थियो। रनन्यामिडी कम्युनिटी स्टडिजद्धारा आयोजित उक्त सेमिनारमा नेपालीहरुको तर्फबाट गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष डम्बर घले, प्रेम फियाक, कृष्ण प्रसाद अघिकारी र विश्वासदीप तिगेलाको सहभागिता थियो भने सेमिनारको अध्यक्षता वेलायतको सहायक गृहमन्त्रि मेघ हिलरले गरेकी थिइन्। प्रत्येक्ष नीतिनिर्माण गर्ने सामु पुगेको आग्रहले केही सकारात्मक परिवर्तन हुने आस गरिएको छ।

No comments: