लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १८ - माओवादीले दोहोरो सुरक्षा प्रणाली अन्त्य भएको घोषणा गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा बुधबार बसेको पदाधिकारी बैठकले पार्टीका नेताहरुको दोहोरो सुरक्षा अन्त्य गर्ने निर्णय गरेको हो । पदाधिकारी बैठकले अस्थायी नम्बर राखेर चलाइएका माओवादी लडाकु शिविरका सवारीमा सरकारी नम्वर र नेताहरुको सवारीमा निजी नम्बर राख्ने निर्णय गरेको उपाध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए । दोहोरो सुरक्षा अन्त्यको घोषणा भएपछि पनि व्यवहारिकरुपमा हटाउन केही दिन लाग्ने उनले बताए । बैठकमा संविधानसभाको म्याद थपका लागि जेठ १४ गते राति भएको पाँच बुँदे त्रिदलीय सहमतिबारे समीक्षा भएको भट्टराईले जानकारी दिए । उनले राष्ट्रिय सहमतिको सरकार र प्रधानमन्त्रीको राजीनामा सँगसँगै आउने बताए । 'प्रधानमन्त्रीको राजीनामा र सहमतिको राष्ट्रिय संयुक्त सरकार सँगसँगै हुन्छ,' उनले भने, 'यसमा अनावश्यक बहसको औचित्य छैन ।'माओवादीले पार्टीको भावी रणनीति तयार गर्न शुक्रबार स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
No comments:
Post a Comment