लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वाञ्चलका विभिन्न जिल्लामा आज बिहान भुकम्पको महशुस गरिएको छ । बिहान ६ बजेर ४० मिनेट जाँदा करिब पाँच सेकेन्डसम्म भुकम्पको महशुस गरिएको स्थानीय प्रशासनहरुले जनाएका छन् । पुर्वका धनकुटा सुनसरी तेह्रथुम भोजपुर संखुवासभा पाँचथर लगायतका जिल्लामा भुकम्पको महसुस गरिएको छ । भुकम्प कति रेक्टर स्केलमा गएको भन्ने वारे भने केही वताइएको छैन । भुकम्पका कारण क्षति भने कतै पनि नभएको बताइएको छ । पुर्वका जिल्लामा देशको अन्य भुभागको तुलनामा बढीनै भुकम्प जाने गरेपनि भुकम्प मापन यन्त्र नहुँदा अहिले सम्म तत्काल भुकम्पको मापन गर्न सकिएको छैन । उता ताप्लेजुङ्गमा बिहान ६ बजेर ३८ मिनेटमा गएको भुकम्प ४० सेकेण्ड जती सम्म गएको बताइएको छ । भकम्पले ठुलो धक्काका साथ कम्पन दिएको बताइएको छ । हालसम्म भुकम्पबाट भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन । ताप्लेजुङको उत्तर पूर्वी क्षेत्रमा केन्द्रबिन्दु रहेर ५ दशमलव २ रेक्टरको भुकम्प गएको खानी तथा भु गर्भविभागले जनाएको छ । बिहानै देखी पानि परिरहेकाले घरबाट वाहिर पनि निक्लन नपाउँदा त्यस क्षेत्रका नागरिकमा त्रास उत्पन्न भएको छ ।
No comments:
Post a Comment