News

Jun 5, 2011

लडाकु शिविर फर्कन सुरु, बिदाइ गर्दा दाहाल भावुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षामा रहेका लडाकुलाई आइतबार बिदाइ गरेका छन् । उनको निवास नयाँ बजारमा भएको एक कार्यक्रममा आफ्नो सुरक्षामा बिशेष सतर्कता अपनाएकोमा बिशेष धन्यवाद दिंदै बिदाइ गरेका हुन् । ‘अहिलेसम्म बिशेष सुरक्षा दिनुभएकोमा म सबैलाई बिशेष धन्यवाद दिन चाहन्छु’ दाहालको भनाइ थियो, ‘म पुनः आ–आफ्नो कार्यक्षेत्रमा फर्कने जनमुक्ति सेनाका सदस्यको प्रगतिको कामना गर्दछु । डिभिजन कमाण्डर सन्तु दराईको नेतृत्व उनको सुरक्षार्थ रहेका ५० जना लडाकुको बिदाई गर्ने क्रममा उनी भावुक भएको एक सदस्यले बताए । दराई सातौ डिभिजन कमाण्डर हुन् भने अन्य लडाकुहरु तेश्रो डिभिजनमा हतियार सहित जाने क्रम सुरु भएको छ । अब माओवादी नेताको सुरक्षामा सरकारी सुरक्षाकर्मी मात्र रहने छन् । अन्य नेताको सुरक्षामा रहेका लडाकुहरु एक साताभित्र शिविर फर्किसक्ने लडाकु प्रमुख नन्दकिशोर पुनले जानकारी दिए । ‘जनमुक्ति सेनाका साथीहरु शिविर जाने क्रम सुरु भएको छ’ उनले भने, ‘एक साताभित्र सबै गइसक्नुपर्छ ।’ माओवादी स्थायी समिति बैठकले नेताका सुरक्षामा रहेका लडाकुहरु शिविरमा पठाउने निर्णय गरेको थियो । माओवादी नेताका सुरक्षामा करिब एक सय लडाकु र हतियार शिविर बाहिर थिए ।

No comments: