News

Jun 3, 2011

पाँचबुँदे सहमतिको राष्ट्रपतिद्वारा स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २० - राष्ट्रपति रामवरण यादवले दलहरूबीच भएको पाँचबुँदे सहमतिले शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउन र जनचाहनाअनुरुप नयाँ संविधान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आशा र विश्वास गरौं, पाँचबुँदे सहमतिपछि अब शान्ति प्रक्रिया टुङ्गिन्छ र नयाँ संविधान बन्छ । शुक्रबार पुल्चोकमा आरोग्य प्रतिष्ठानद्वारा नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण अघि परीक्षण गरिने एचएलए (हयुमन लियुकोविट एक्टिगन) को परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै उनले यसो भनेका हुन् । माओवादी नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले यही जेठ १४ गते संविधानसभाको समयावधि तीन महिना थप्ने क्रममा पाँचबुँदे सहमति गरेका थिए । राष्ट्रपति यादवले राजनीतिक सङ्क्रमणकाललाई छिटो भन्दा छिटो व्यवस्थापन गरी विकासलाई अगाडि बढाउन सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नेपालीसँग आह्वान पनि गरे ।

No comments: