News

Jun 10, 2011

३०औं दलका रूपमा जनता दल (युनाइटेड) गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसीवादी दलहरू विभाजन हुने क्रम तीव्र भइरहेको समयमा बुधबार नेपाली जनता दल विभाजन भएको छ। नेपाली जनता दलका दुइ सभासद्मध्ये विश्वनाथप्रसाद अग्रवालले पार्टीवभाजन गर्नुभएको छ। उहाँले ३०औं दलका रूपमा जनता दल (युनाइटेड) गठन गर्नुभएको हो। नेपाली जनता दलमा गायत्री साह र अग्रवाल सभासद् रहनुभएको छ। गायत्री साह रातो पासर्पोट बिक्री गरेको अभियोगमा निलम्बित हुनुहुन्छ। सभासद् अग्रवालले संसद्सचिवालयमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष पार्टी तर्फाट नयाँ पार्टी जानकारी गराउँदै सनाखतसमेत गराउनुभएको संसद्सचिवालयले जनाएको छ। सभासद् अग्रवालले नेपाली जनता दलका अध्यक्ष हरिचरण साहलाई आर्थिक अनियमितता गरेको, भ्रष्टाचार गरेको लगायतका अभियोग लगाउँदै पार्टीवभाजन गरेको बताउनुभएको छ। उहाँ रौतहटबाट समानुपातिकका तर्फाट सभासद् बन्नुभएको हो। अग्रवाल नयाँ पार्टीनता दल (युनाइटेड)का अध्यक्ष आफैं बन्नुभएको छ। उहाँले केन्द्रीय कार्य समिति पनि गठन गर्नुभएको छ। पछिल्लोपटक मधेसी जनअधिकार फोरम नेपाल विभाजन भएको थियो। अध्यक्ष उपेन्द्र यादवसँग असहमति जनाएर सहअध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) गठन गर्नुभएको हो।

No comments: