News

Jun 10, 2011

विवादीत बिषयमा सहमति खोज्ने कार्यदल गठनका लागि तीन दिनको समय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २७ - संवैधानिक समिति अन्तर्गतको उपसमितिले महत्वपूर्ण विषयमा सहमति जुटाउन कार्यदल गठनका लागि पार्टीहरुको आन्तरिक छलफल र अन्य राजनीतिक परामर्शकाका लागि तीन दिनको समय तोकेको छ । उपसमितिको बिहीबार बसेको बैठकले राज्यपुर्नसंरचना,साशकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा सहमति जुटाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको थियो । माओवादी नेता देव गुरुङले राजनीतिक गृहकार्यका लागि तीन दिनको समय छुट्टयाईएको बताए । शुक्रबार बसेको बैठकमा उपसमिति संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ्यताका कारण अनुपस्थित रहेकाले विवादित महत्वपूर्ण विषयमा बैठक प्रवेश गरेन ।
पार्टीहरुले विषयगत कार्यदलहरुमा कसलाई पठाउने लगायतका निर्णय लिएपछि कार्यदललाई पूर्णता दिइनेछ । बैठकले राज्यपुर्नसंरचनाको विषयमा देखिएका ७८ वटा विवादित बुँदालाईर् पुनरावलोकन गरी अन्तिम रुप दिन सचिवालयलाई जिम्मा दिएको छ । राज्यपुर्नसंरचनाको विषय जटिल र गम्भीर मुद्दा भएकोले राजनीतिक तहमा छलफल गर्नुपर्ने निष्कर्ष निकालिएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए ।

No comments: