लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/सुवानी सिंह
बिरगन्जः लागु औषध अवैध, हतियार र प्राचीन मूर्तिहरुको स्मग्लीङको हव बन्दै गइरहेको नेपालको केन्द्रीय राजधानी काठमाडौंमा भारतीय जाली नोटको व्यापारको जाल जोडतोडका साथ हुने गरेको छ । पाँच सय र एक हजार रुपैया दरका भारतीय नक्कली नोटको जालमा परेर मिर्जादिलसाद बेग देखि जमिम शाह सम्मका हस्तिहरुले ज्यान गुमाइसकेका छन् भने केन्द्रीय जेलमा थुनिएका युनुस अन्सारीको ज्यान जोखिममा परिसकेको छ । अहिले सम्म कति भारतीय जाली नोट भारतीय बजारमा चलन चल्तीमा छ त्यसको अनुमान कसैले गर्न सकेको छैन । कतिको संख्यामा जाली भारतीय नोट पक्राउ परेको छ र कतिको संख्यामा बैधानिक प्रचलनमा नरहेका तथा जफत गरिएका भारतीय नक्कली नोट राष्ट्र बैंकमा थुप्रीएको छ यसको अंकालन गर्दा गर्दै भारतीय नक्कली नोटको कारोवारमा संलग्न रहेको अभियोगमा केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेको युनुस अन्सारीको सहयोगी बताउने चित्रमान डंगोलले रसुवा जिल्लाको चिलिमे स्थित थम्बुचेत वजारमा बसेर नक्कली भारतीय नोटको अवैध कारोवार गरिरहेको रहस्य खुलेको छ । रसुवा जिल्लाको चिलिमे स्थित थम्बुचेत वजारमा केहि समय अघि देखि वस्न थालेको चित्रमान डंगोल यस भन्दा अघि भारतको केरलामा बसेर अध्ययन गर्ने गरेको भए पनि भारतीय जाली नोटको कारोवारका लागि भारतका विभिन्न प्रमुख शहरहरुमा पुग्ने गर्थे । तर अहिले सम्म रसुवा जिल्लाको लहरेपौवा गाविसको वडा नं २ लहरेमा रहेको आफ्नो घरमा भने कहिले काँही मात्र पुग्ने गरेको छ । काठमाडौंको बालाजु माछापोखरी र ललितपुरको मंगलबजारलाई केन्द्रबिन्दु वनाइ भारतीय जाली नोटको कारोवार गर्ने डंगोलले भारतीय जाली नोटको जालो काठमाडौं देखि भारतको केरला सम्म बिछ्याउन सफल भएका छन् ।
चित्रमान डंगोलले आफ्नै जीवन संगीन लिडिया थोक्रालाई बताए अनुसार भारतीय पाँच सय र हजार रुपैया दरका भारतीय नक्कली नोट पाकिस्तानवाट त्रिभुवन विमानस्थल हुँदै विरगन्ज नाकावाट भारतीय बजारमा पुर्याउने गरेको वताउने गरेको छ । उनले आफ्नो जीवन संगीनी लिडिया थोक्रालाई बताए अनुसार पाकिस्तानी सरकारले भारतीय जाली नोट छाप्ने र पाकिस्तानवाट काठमाडौं सम्म नेपाल स्थित पाकिस्तानी दुतावासका अधिकारीहरुले उक्त नोट ल्याउने र काठमाडौवाट भारतीय वजार सम्म डंगोल सहित केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेका युनुस अन्सारीको सहयोगीहरुले पुर्याउने गरेको पनि वताउने गरेको छ । यी कुरा डंगोलकी जीवन संगीनी लिडिया थोक्राले डंगोलसंग पैसा माग्दा विवाद भएपछि खुल्न आएको हो । डंगोलसंग केहि समय अघि मात्र ५० हजार भारतीय रुपैया देखेको तर माग्दा खेरी पैसा छैन भनी डंगोलले भन्दा ५० हजार भारतीय रुपैयाको प्रसंग निस्केपछि त्यो जाली नोट भएको रहस्य खुलेको हो ।
भारतीय बजारमा नक्कली भारतीय रुपैया र सक्कली भारतीय रुपैयाको कारोवार सरावरी हुने गरेको डंगोलले बताउने गरेका छन् । काठमाडौंमा भने भारतीय जाली नोटका कारोवारमा संलग्न हुनेहरुले १ लाख रुपैयाको भारतीय नक्कली नोट १ लाख नेपाली रुपैया दिएर किन्ने गरेको थाहा भएको छ । यसो गर्दा कारोवारमा संलग्न हुनेहरुलाई ६० हजार रुपैया फाइदा हुने गरेको छ ।
गत वर्ष केरलामा अवैध भारतीय नोटको कारोवार गरिरहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरु आएको सुइको पाएर भाग्ने क्रममा डंगोलको एउटा खुट्टा भाँचिएका थिए र उनको खुट्टामा प्लास्टर गरी उपचार गरेका थिए ।
उनले केन्द्रिय कारागारमा बन्दी जीवन विताइरहेका युनुस अन्सारीको सहयोगी भई लामो समय देखि काम गर्दै आइरहेको भए पनि उनको सम्वन्ध पाकिस्तानी नागरिक अव्दुल गफफर, महम्मद खाइर यूल वासार र मोहम्मद सुल्तान अलिसंग रहेको थाहा भएको छ ।
पाकिस्तानी नागरिक अव्दुल गफफर २०६६ भदौ १३ गते कतार एयरलाइन्समा दोहावाट काठमाडौं आउने क्रममा ५ सय दरका चार हजार ८ सय १० थान (२४ लाख पाँच हजार भारु) बरामद भएको थियो ।
२०६६ चैत्र २१ गते होटल क्लासिकवाट महम्मद खाइर यूल वासारलाई पाँचसय दरका ९ लाख ९८ हजार भारु सहित पक्राउ गरेका थिए । यसै गरी २०६७ फागुन १० गते पाकिस्तानवाट नेपाल आएका मोहम्मद सुल्तान अलिको साथवाट हजार दरका ९ सय ९६ र ५ सय दरका ४ हजार ९ सय ९६ थान गरी ३४ लाख ९५ हजार भारु प्रहरीले बरामद गरेका थिए ।
केन्द्रीय कारागारमा बन्दी जीवन विताइरहेका युनुस अन्सारी माथि केन्द्रिय कारागारमानै गएर भारतीय नागरिकले गोली प्रहार गरेपछि चित्रमान डंगोल रसुवा जिल्लाको चिलिमे स्थित थम्वुचेतमा गएर बस्न थालेका छन् र त्यही रहेका कृष्चियान धर्मालम्वीहरुद्वारा संचालित विलिभ्रस एकेडेमीमा पढाउन थालेका छन् । यस क्रममा डंगोल त्यही नजिकै रहेको लहेरेपौवा स्थित लहरेमा रहेको आफ्नो घरमा भने एक पटक पनि पुगेको छैन ।
भारतीय जाली नोटको कारोवारमा संलग्न रहेका पाकिस्तानी सहकर्मीहरु आउँदा काठमाडौं आउने र उनी बालाजु माछापोखरीमा बस्ने गरेको छ । उनीहरुले बालाजुको माछा पोखरी र ललितपुरको मंगलबजार आसपासका क्षेत्रहरुलाई सुरीक्षत आश्रय स्थल मानि त्यही क्षेत्रवाट भारतीय नक्कली नोटको कारोवार गर्ने गरेको बताइन्छ ।
प्रहरी प्रशासनले चित्रमान डंगोलले गर्ने गरेको भारतीय नक्कली नोटको कारोवार बारे या त जानकारी पाएको छैन या आफ्नै स्वार्थका लागि यसमा छानविन गरेको छैन रहस्यकै विषय बनेको छ । डंगोलले जहिलेपनि गीतार बोक्ने गरेको र त्यही गीतार भित्र ५ लाख रुपैया सम्मको भारतीय नक्कली नोट राखेर हिड्ने गरेको थाहा भएको छ । उनले पाकिस्तानी सहकर्मीहरु आउँदा त्यही गीतार बजार मनोरन्जन दिने गरेको छ ।
अर्को प्राप्त समाचार अनुसार समारी ५ नुवाकोटका सोममाया तामाङलाई २०६७ पौष २८ गते समारीवाटै लिएर हिडेको र अहिले सम्म वेपत्ता बनाएका छन् । थाहा भए अनुसार डंगोलले निज महिलालाई बुटवल र बिरगन्ज सम्म पुर्याएको थाहा हुन आएको छ । नक्कली भारतीय नोट र महिला बेपत्ता बनाएको विषयलाई लिएर डंगोलको विषयमा सुरक्षा अधिकारीहरुले गहिरो अनुसन्धान गरिहेको थाहा भएको छ । अनुसन्धान शुरु गरे देखि नै उलने प्रयोग गर्ने गरेको ९८४९४३४४७९ नम्वरको मोबाइल फोन स्वीच अफ गरेर बस्न थालेका छन् ।
No comments:
Post a Comment