लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी साउनदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ । यससम्बन्धी विज्ञापन प्रसारणमा बन्देज लगाउने, सुर्तीजन्य पदार्थको उत्पादनमा सचित्र चेतावनीमूलक सन्देश राख्नेजस्ता व्यवस्था पनि लागू हुँदैछन् । सुर्तीजन्य पदार्थको सेवनबाट जनमानसमा पर्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन २३ देखि लाग गर्न लागेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियम निर्देशिका २०६७ मा यस्तो व्यवस्था गरिएको छ । सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र लेबलको अगाडिको भागमध्ये ३० प्रतिशत भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिमको चेतावनीमूलक सन्देश प्रष्टरुपमा बुझिने र देखिने गरी कालो पृष्ठभूमिमा सेतो अक्षरले नेपाली भाषामा छाप्नुपर्ने निर्देशिकामा उल्लेख छ । त्यस्तै, कुनै पनि फिल्म वा टेलिभिजन कार्यक्रम निर्माता वा निर्देशक वा पात्रले त्यस्ता चलचित्र वा टेलिभिजन कार्यक्रमका कुनै पनि दृश्यमा धूमपान तथा सुर्तीर सेवन गरेको दृष्य वा सुर्तीजन्य पदार्थ प्रदर्शन गरेको दृष्य राख्न नपाइने व्यवस्था गरिएको छ ।
No comments:
Post a Comment