News

Jun 4, 2011

प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने कांग्रेसको सर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया टुंगो लगाएर लोकतान्त्रिक संविधान निर्माणको प्रत्याभूति गरेमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताउनुभएको छ । संविधान सभाको समयावधि थप गर्दा ३ दल बीचमा भएको ५ बुँदे सहमतिपछि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा र राष्ट्रिय सहमतिको सरकारको चर्चा चलिरहेको बेलामा सभापति सुशील कोइरालाले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो । सेन्टर फर डेमोक्रेटिक इन्जिनियरिङ नेपालले आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले कांग्रेसले सरकारलाई प्राथमिकतामा राखेको भन्ने आरोप गलत भएको बताउदै शान्ति प्रक्रिया टुंगोमा पुगेर लोकतान्त्रीक संविधानको ग्यारेण्टी भएमा कांग्रेसका तर्फबाट माओवादीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने स्पष्ट पार्नुभयो

No comments: