News

Jun 11, 2011

पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २८ - नेपाल पत्रकार महासंघले विराटनगर, जनकपुर, महेन्द्रनगरलगायत मुलुकभर पत्रकार र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ । महासंघको शनिबार बसेको आकस्मिक बैठकले सरकारले दोषिमाथि कारबाही गर्ने प्रतिवद्धता जनाए पनि व्यवहारमा नदेखिएको भन्दै आन्दोलन घोषणा गरेको हो । विराटनगरमा पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्नेलाई कारबाही नभए थप आन्दोलन घोषणा गरिने महासंघ अध्यक्ष शिव गाउँलेले जानकारी दिए । पत्रकार महासंघले जेठ २९, ३० र ३१ गते आफू कार्यरत सञ्चारमाध्यममा कालोपट्टी बाँधेर प्रेसमाथि भएको आक्रमणको विरोधमा काम गर्ने कार्यक्रम तय गरेको अध्यक्ष गाउँलेले जानकारी दिए । यसबीचमा अन्तराष्ट्रिय पत्रकार महासंघ र राष्ट्रिय मानवअधिकार आयोगलाई घटनाबारे जानकारी गराइने छ भने विराटनगर घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न एमालेलाई ज्ञापन पत्र दिने कार्यक्रम तय गरिएको छ । यसैगरी असार १ गते काठमाडौंको माइतीघर मण्डलामा र जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार सामाग्रीसहित धर्ना दिने, २ गते राजधानी तथा जिल्लामा सम्पादकहरुसँग अन्तर्क्रिया गर्ने, ३ गते ट्रेड युनियनसँग अन्तर्क्रिया गर्ने र ४ गते राजधानीमा संविधान भवनदेखि माइतीघर मण्डलासम्म र जिल्लामा सदरमुकाममा दोषिलाई कारबाही माग गर्दै प्रदर्शन गरिने भएको छ ।

No comments: