News

Jun 9, 2011

गैरआवासीय नेपालीको सम्मेलनलाई सरकारले सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २६ - गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनको नेतृत्वमा बिहीबार गएको टोलीले उपप्रधान एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवसंग आफ्नो पाँचौ गैरआवासीय नेपाली विश्व सम्मेलनका बारेमा जानकारी दिएको छ । साथै पहिलेका विश्वसम्मेलनहरुमा जस्तै नेपाल सरकारले यस सम्मेलन आयेजना गर्नका लागि आवश्यक सहयोग गरिदिन अनुरोधसमेत गरेका छन् । यसैगरी क्यानाडाका आइसिसि सदस्य एवं खुला विश्वविद्यालयका संयोज डा. प्रमोद ढकालले खुला विश्वविद्यालय बारे प्रकाश पारेका थिए । उनले यस कार्यको लागि परराष्ट्र मन्त्रालयबाट सहयोगको अनुरोधसमेत गरे । संघका महासचिव रतन कुमार झा र संरक्षक भीम उदासले पाँचौ विश्व सम्मेलन र खुला विश्वविद्यालय बारे थप जानकारी गराएका थिए । यसै क्रममा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले विगतमा आयोजना भएका विश्व सम्मेलनमा नेपाल सरकारबाट भएका सहयोगहरु बारे जानकारी गराएका थिए । परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुले संघको दर्ता बारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा अध्यक्ष हिराचनले चाँडै दर्ता प्रकृया टुगिंने जानकारी दिएका थिए । उपप्रधान एवं परराष्ट्र मन्त्री यादवले सम्मेलनलाई सहयोग हुने जानकारी गराएका थिए ।

No comments: