News

Jun 1, 2011

सगरमाथा आरोही जुनितालार्इ हङकङेलीद्वारा १०,००० उपहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० जनवरी २२ तारीखका दिन सम्वाहाङफे उत्थान संघ हङकङद्वारा प्रथम सफल सगरमाथा लिम्बु आरोही सुश्री जुनिता सम्वाहाङफे ले सन २००९ मे १९ तारीखका दिन सगरमाथा आरोहण गरी लिम्बु समाजको मात्र नभर्इ नेपाल कै गौरव उच्च बनाएकी हुनाले वहाँको प्रोत्साहन स्वरुप हङकङ बसोवास गर्ने दाजुभार्इहरु मिलि हङकङ डलर १०,००० दश हजार वेस्टर्न युनियन मनि ट्रान्सफर मार्फत हस्तान्तरण गरीएको छ । हाल उनी अमेरीकामा वसोवास गरी सातवटा विश्वका उच्च हिमशिखरहरुलार्इ आरोहण गर्ने तयारीमा जुटेकी छिन् । उक्त प्रोत्साहन रकम चन्द्र सम्वाहाङफे,ओमराज सम्वाहाङफे,टीका सम्वाहाङफे,सुविट सम्वाहाङफे,लावहाङ सम्वाहाङफे,शिव सम्वाहाङफे,जीवन सम्वाहाङफे,सन्तोष सम्वाहाङफे,रनध्वोज सम्वाहाङफे,कुमार सम्वाहाङफे,लाखबहादुर सम्वाहाङफे,दिल कुमार सम्वाहाङफे,नरेन्द्र कुमार सम्वाहाङफे,त्रिभुवान सम्वाहाङफे,जगदीश सम्वाहाङफे,हृदयमान सम्वाहाङफे,लक्ष्मी सम्वाहाङफे,टंक सम्वाहाङफे,तिल बहादुर सम्वाहाङफेआदीले उपलब्ध गराएका थिए । साथै विश्वका सात अग्ला हिमशिखर सफल आरोहण गर्नको लागि सम्वाहाङफे उत्थान संघ हङकङद्वारा अग्रीम शुभकामना ब्याक्त गर्दछ ।

No comments: