News

Jun 9, 2011

चर्चित चित्रकार एमएफ हुसेनको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २६ - चर्चित चित्रकार एमएफ हुसेनको लण्डनस्थित एक अस्पतालमा बुधबार राति निधन भएको छ । ९५ बर्षको उमेरमा ह्यदयघातका कारण उनको मृत्यु भएको हो । उनी भारतीय चित्रकलामा अन्तरराष्ट्रिय ख्याती कमाएका पहिलो चित्रकार हुन् । हुसेन चर्चित हुँदा हुँदै पनि विवादस्पद समेत थिए । उनले विभिन्न हिन्दू देवीदेवताको आपत्तिजनक चित्र बनाएपछि भारतमा बिरोध भएको थियो । सन् २००६ देखि उनी स्वनिर्वासनमा थिए । गत बर्ष उनले भारतीय नागरिकता त्यागेर कतारी नागरिकता लिएका थिए । उनका चित्रहरु करोड भन्दा बढी मुल्यमा बिक्री भएका छन् । उनी चित्रकार मात्र थिएनन् । फिल्म पनि बनाउँथे । तर, उनी हिरोइनका फ्यान र तिनै हिरोइनको चित्र बनाउने र उनकै लागि फिल्म बनाउने जस्ता कार्यले पनि चर्चामा आइरहन्थे । उनले माधुरी दिक्षितकै लागि भनेर गजगामीनी र तब्बुलाई लिएर मिनाक्षी बनाएका थिए । यो क्रम उनको ९४ बर्षमा समेत रोकिएको थिएन । गतबर्ष बलिउड हिरोइन बिद्या बालन र अनुष्का शर्माको चित्रहरु बनाउने भनाइ सार्वजनिक गरेर चर्चामा आएका थिए ।

No comments: