News

Jun 10, 2011

एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ गतेभित्र प्रकाशित गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैतमा लिएको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ गतेभित्र प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जतिसक्दो चाँडो परीक्षाफल प्रकाशित गर्ने योजनाका साथ काम भइरहेको बताउँदै यसवर्ष असार १२ देखि १४ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने बताए । उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको, जिल्ला-जिल्लाबाट परीक्षण सकिएका उत्तरपुस्तिका आउने क्रम जारी रहेको र परीक्षण सकेर आएका उत्तरपुस्तिकाको नम्बर कम्युटरमा चढाउने कार्य भइरहेको कार्यालयले जनाएको छ । यसवर्षको परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २ सय ४३ जना परीक्षार्थी सहभागी भएका थिए । यसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार ७ सय ९१ र छात्रा दुई लाख ६ हजार ६ सय २० छन् भने एक्जाम्टेडतर्फ छात्र २५ हजार ८ सय ५ र छात्रा ३४ हजार २७ जना छन् । परीक्षामा ८९ वटा खुला विद्यालयका आठ हजार १ सय ४० जना परीक्षार्थी सामेल छन् । खुला विद्यालयमा नियमिततर्फ सात हजार ७ सय ९४ र एक्जाम्टेडतर्फ ३ सय ४६ जना परीक्षार्थीमध्ये शिविरका लडाकू र विदेशी नागरिक पनि सहभागी छन् । कार्यालयका अनुसार जर्मनी, सोमालिया र दक्षिण कोरियाका तीनजना विदेशी विद्यार्थी परीक्षामा सहभागी छन् थिए । उनीहरूका लागि अनिवार्य नेपालीको सट्टा इलेक्टिभ अङ्ग्रेजीको परीक्षा दिने व्यवस्था गरिएको थियो । परीक्षामा सबैभन्दा कम मनाङमा १ सय २२ जना र बढी काठमाडौँमा ३२ हजार ८ सय ६० विद्यार्थी परीक्षामा सहभागी छन् ।

No comments: