लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारकाले नेपाल प्रहरीका उपरीक्षक कृष्णप्रसाद गौतम र राष्ट्रिय अनुसन्धानका उपरीक्षक कल्याण मल्ललाई निलम्बन गरेको छ । गृहमन्त्रालयले उनीहरुलाई घुस खाएको अभियोगमा निलम्बन गरेको हो । ज्यान मारेको अभियोगमा एक जना निर्दोष व्यक्तिलाई १० दिन थुनामा राखेर ४ लाख रुपैयाँ घुस लिएर छाडेको अभियोग प्रमाणित भएपछि दुवै जना सुरक्षा अधिकारीहरुलाई आज निलम्बन गरिएको हो । अनुसन्धानका उपरीक्षक मल्लले रकम बुझेर आफूले २ लाख राखेको,एसपी गौतमलाई डेढ लाख दिएको र दलाललाई ५० हजार दिएको अनुसन्धानबाट खुलेको छ । चैत्र १२ गते नवलपरासीको सुननैल जंगलमा भएको एक हत्या प्रकरणमा प्रहरीले स्थानीय जग्गा व्यवसायी काशीराज पाण्डेलाई थुनामा राखेको थियो । उक्त घटनामा पाण्डेको संलग्नता नदेखिएपनि हिरासतमा राखेर ४ लाख रकम घुस पाएपछि छाडिएको थियो ।
No comments:
Post a Comment