News

Jun 8, 2011

चर्चित सुडान घोटालाका अभियुक्तहरुलाई १५ दिने म्याद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २५ - बिशेष अदालतले चर्चित सुडान घोटाला प्रकरणका अभियुक्तहरुलाई १५ दिने भित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । उनीहरु १५ दिनभित्र अदालतमा उपस्थित नभएमा अभियोग प्रमाणित भएको मानिने छ । बिशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले अभियुक्तहरुलाई सुनुवाइको सुरुवात गर्दै १५ दिन म्याद दिएको हो । 'अभियुक्तहरु अदालतमा उपस्थित भएपछि बयान सुरु हुन्छ' बिशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले भने ।
मंगलबार अख्तियर दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व आइजीपीसहित ३६ जनाको बिरुद्धमा बिशेष अदालतमा सुडानमा खटिएका प्रहरीका लागि ४४ करोडको एपीसीलगायतका समान खरिद गर्दा २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै यसलाई विगोको रुपमा दावी गर्दै मुद्दा दायर गरेको थियो ।

No comments: