News

Jun 5, 2011

महँगो अस्ट्रिच नेपालमै व्यावसायिक पालन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भैरहवा, जेष्ठ २२ - सर्वाधिक ठूलो चरा अस्ट्रिचको नेपालमा व्यावसायिक पालन सुरु भएको छ । रूपन्देहीको गंगोलिया १ मुडुहारीमा अस्ट्रिच नेपाल प्रालिले मासु विदेश निर्यात गर्ने लक्ष्य राखेर यसको व्यावसायिक पालन सुरु गरेको हो । कम्पनीले करिब ३० करोड रुपैयाँको लगानीमा स्थापना गरेको र्फममा १ हजार वटा पालिएको प्रमुख सञ्चालक सीपी शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले आफ्नो र्फम दक्षिणपूर्वी एसियाकै ठूलो भएको दाबी गरे । फार्म २० बिघा क्षेत्रफलमा विस्तार गरिएको छ । उनका अनुसार अस्टि्रचको मासु स्वस्थकर हुने भएकाले यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च रहेको
हो । यसको मासुमा कोलेस्ट्रोल र बोसो कम हुने उनको दाबी छ । भिटामिन र मिनरलसहित ओमेगा तत्त्व प्रचुर मात्रामा हुनाले यसको माग उच्च छ । 'अस्टि्रचको प्रत्येक उत्पादन मूल्यवान छ,' शर्माले भने, 'यसैले यसलाई २१ औं शताब्दीको सुनौलो खेती भन्ने गरिएको छ ।'
अस्टि्रच विश्वकै सबैभन्दा ठूलो चरा हो । यसको भाले तीन र पोथी दुई वर्षमा वयस्क हुन्छ । यसको तौल साढे दुई क्विन्टलसम्म र उचाइ आठ फिटसम्म हुन्छ । यसको अण्डाबाट चल्ला निकालेपछि खोल सजावटका लागि प्रयोग गरिन्छ । यसको प्वाँख सफाइको सामग्री र फेसनदार पोसाक, छाला जुत्ता, पेटी, सोफासेट, गाडीको ग्यासबोर्ड कभर, बोसो उच्चकोटिको क्रिम र लोसन बनाउन प्रयोग हुने गर्छ । एउटा अस्टि्रचको छालाको मूल्य अन्तर्राष्ट्रिय बजारमा न्यूनतम ७२ हजार रुपैयाँ -१ हजार डलर) पर्ने शर्माले दाबी गरे । 'यसको मासुको मूल्य प्रतिकिलो ९० डलर -६४८० रुपैयाँ) सम्म छ, उनले भने, 'नेपालमा भने प्रतिकिलो २ हजार रुपैयाँमा बेच्ने सोचमा छौं ।' उनले बोसो र छाला पूरै निर्यात गरिने बताए । यस वर्ष १ टनभन्दा बढी मासु बजारमा ल्याउने उनको योजना छ ।
स्वास्थ्यप्रति सचेत उपभोक्तालाई लक्षित गरी अर्को वर्षदेखि व्यावसायिक रूपमा मासुको उत्पादन गरिने उनले जनाए । यस चराको ७० प्रतिशत खाना घाँस भएकाले वातावरणीय प्रभाव राम्रो हुने दाबी गर्दै अस्टि्रच चराका बारे अध्ययन गरेका डा. रेवन्त भट्टराईले बताए । अस्ट्रिच रहेको १ किलोमिटर वरिपरि स्वाइनफ्लु नआउने विभिन्न अनुसन्धानले देखाएको छ, उनले भने ।

No comments: