News

Jun 3, 2011

सगरमाथामा १५० किलो फोहोर र ११ वटा लाश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथाको फोहर सफा गर्ने अभियानमा संलग्न हिमाल आरोही पेम्बा दोर्जे शेर्पाको टोलिले एक सय ५० किलो फोहर सफा गरेर संकलन गरेको फोहोर काठमाडौं ल्याएर सार्वजनिक गरेको छ । काठमाडौमा नेपाल बैंक लिमिटेडले गरेको कार्यक्रममा १२ औ पटक सगरमाथाको सफल आरोहण गरेका पेम्बाको टोलिले सगरमाथाको शिखरबाट संकलन गरी ल्याएको फोहर सार्वजनिक गरेको हो । टोलीले सगरमाथाको वातावरण प्रदुषण गर्ने अक्सीजनका सिलिण्डर विभिन्न व्यानर र झण्डाजस्ता सामाग्री संकलन गरी ल्याएका थिए । पेम्बाले सगरमाथाको आठ हजारभन्दा माथिको उचाईमा करिब १९ वटा शव भेटिएको जानकारी दिएका छन । कार्यक्रममा सगरमाथाको शिखरमा फोहर संकलनका क्रममा तयार पारिएको डकुमेन्ट्रीको प्रर्दशन गरिएको थियो ।

No comments: