News

Jun 8, 2011

मधेसी मोर्चाले दस हजार मधेसीलाई नेपाली सेनामा भर्ना गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दस हजार मधेसीलाई नेपाली सेनामा भर्ना गर्न माग गरेको छ । सिंहदरबारस्थित फोरम लोकतान्त्रिक संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो बसेको मोर्चाको बैठकले यस्तो माग गरेको हो । नेपाली सेनालाई समावेशी बनाउनेलगायत विषयमा सरकार र मधेसी मोर्चाबीच विगतमा भएको ८ बुँदे सहमतिअनुसार मधेसी समुदायबाट दस हजार जनालाई नेपाली सेनामा भर्ना गर्नुपर्ने मोर्चाको तर्क छ । मोर्चाको बैठकले सेना समायोजन तथा पुनःस्थापनाको खाका दुई महिनाभित्र जारी गर्न दलहरुसँग माग पनि गरेको छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश गुप्ताले समायोजन हुने जनसेनाको संख्या किटान हुन नसक्नु, समायोजनको मापदण्ड र संरचनाको विषयमा सहमति हुन नसक्नु पाँच बुँदे सहमतिको कमजोर पक्ष भएको बताउनुभयो । मोर्चासँग भएको सहमति विपरित नेपाली कांग्रेसले जेठ १४ गते राती पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेपछि उप्रतिको विश्वास गुमेको बैठकले ठहरसमेत गरेको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेसप्रतिको विश्वास गुमेको बताउनुभयो ।

No comments: