News

Jun 10, 2011

अवकाश रोज्नेल डाकुलाई साढे चार लाख दिने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २७ - माओवादी लडाकु रेखदेख समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहतको सचिवालयले पुनःस्थापना रोज्ने लडाकुलाई एकमुष्ट साढे चार लाख दिन प्रस्ताव गरेको छ । पुनःस्थापना रोज्ने लडाकुलाई उसले लिन चाहेको शिक्षा, तालिमको सम्पूर्ण खर्च बेहोर्ने र त्यसपछि साढे चार लाख पनि दिने प्रस्ताव सचिवालयको छ । विशेष समितिको बिहीबारको बैठकमा प्रस्तावका विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्केन । प्रस्तुत प्रस्तावमा सचिवालयका माओवादी सदस्यहरूले फरक मत राखेका थिए । सचिवालयले लडाकुमा निकै पछि प्रवेश गरेको भए पनि सबैलाई माओवादी सशस्त्र युद्ध सुरु भएको २०५२ साललाई नै आधार मानी अहिलेसम्म हुन आउने १५ वर्षको सेवाअवधि अनुरूपको अवकाश रकम दिन प्रस्ताव गरेको हो । लडाकुले हाल पाइरहेको भत्ता र रासनबापतको आठ हजार रकमको अनुपातमा १५ वर्षमा हुन आउने उपदान, सञ्चित, बिरामी र घर बिदाबापत पाउनसक्ने रकम, उपचार खर्चबापतको रकम गरी अवकाश रोज्नेलाई साढे चार लाख दिन सकिने प्रस्ताव गरेको हो । उपदानबापत एक लाख ८० हजार, उपचार खर्चबापत एक लाख ६८ हजार र विभिन्न बिदाबापत ९६ हजार गरी चार लाख ४४ मात्र हुन आउने भए पनि 'राउन्ड फिगर' मा चाढे चार लाख दिन सकिने सचिवालयले प्रस्ताव गरेको हो ।

No comments: