News

Jun 5, 2011

मृगौला बेचेर आइपडसँगै ल्यापटप पनि किने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, जेष्ठ २२ - दुवै कानमा 'इयरफोन' सिउरिएर एप्पलको आइपड चलाउने रहर कसलाई नहोला ? झन् नयाँ पुस्तामा त यस्ता उपकरणको प्रयोग 'नसा'का रूपमा झांगिएको छ । हालै चीनमा एक किशोरले 'आइपड २' किन्न आफ्नो एउटा मृगौला नै बेचेका छन् । अन्हुई प्रान्तका १७ वषीय झेङलाई बेइजिङ, जेष्ठ २२ - दुवै कानमा 'इयरफोन' सिउरिएर एप्पलको आइपड चलाउने रहर कसलाई नहोला ? झन् नयाँ पुस्तामा त यस्ता उपकरणको प्रयोग 'नसा'का रूपमा झांगिएको छ । हालै चीनमा एक किशोरले 'आइपड २' किन्न आफ्नो एउटा मृगौला नै बेचेका छन् । अन्हुई प्रान्तका १७ वषीय झेङलाई एप्पल कम्पनीको 'आइपड २' किन्ने रहर जाग्यो । पैसा जुटाउने उपाय खोज्दै उनले इन्टरनेटमा 'सर्च' गरे । 'मसँग पैसा थिएन,' उनले सांघाई डेलिसँग भने, 'मृगौला बेच्न सहयोग गर्ने भन्दै आएका एक दलाल इन्टरनेटमा भेटिए ।' हाइस्कुल तहमा पढ्ने उनी अपि्रल २८ मा मृगौला बिक्री गर्न घरबाट निस्किए । र, हुनान प्रान्त हिँडे । त्यहाँको चेन्झाउ सहरस्थित अस्पतालमा उनले दायाँ मृगौला बिक्री गरे । त्यसबापत उनले दलालबाट ३ हजार ३ सय अमेरिकी डलर पाए । उक्त पैसाले उनले आइपडसँगै ल्यापटप पनि किने । अहिले भने उनलाई मृगौला बेचेकोमा पश्चताप छ । अहिले आफूलाई अस्वस्थ र असजिलोसमेत महसुस भइरहेको उनले जनाए ।

शरीरमा रातो गहिरो दाग देखेर आमाले

शंका गरेपछि उनले आफ्नो मृगौला बेचेको स्वीकारेका थिए । झेङकी आमाले तत्काल प्रहरीमा उजुरी गरे पनि दलाल फेला परेको छैन । उनको मृगौला निकालिएको अस्पताल अंग प्रत्यारोपणका लागि 'सक्षम' नभएको चाहिँ प्रहरीले पत्ता लगाएको छ । तर उक्त अस्पतालले भने झेङको शल्यक्रियाबारे थाहा नभएको प्रतिक्रिया दिएको छ ।

No comments: