News

Jun 4, 2011

सहमतिको सरकार बनाउन माओवादी-एमाले छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २१ - प्रमुख सत्तारुढ एमाले र माओवादीबीच सहमतिको सरकार बनाउनेबारे शनिबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादी नेताहरुले सहमतिको सरकार बनाउन पहल गर्न प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गरेका छन् । 'सहमतिको सरकार बनाउनेबारे पनि छलफल भएको छ,' बैठकपछि एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले भने, 'दुवै दलले आफ्नो तर्फबाट पहल गर्ने सहमति भयो ।'बैठकमा जेठ १४ गते भएको पाँच बुँदे सहमति कार्यान्वयनबारे पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा माओवादी र एमालेले शान्ति प्रक्रियाबारे आफ्नो दलका धारणा राखेका थिए । माओवादी र एमालेबीच सरकारका कामलाई प्रभावकारी बनाउने, राष्ट्रिय सहमतिको वातावरण तयार गर्ने विषयमा पनि छलफल भएको एमाले नेता पाण्डेले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल, नेताहरु प्रकाश ज्वाला, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई, महासचिव रामबहादुर थापा र वर्षमान पुन सहभागी थिए ।

No comments: