News

Jun 8, 2011

एमालेले पार्टी भित्र आन्तरिक जिम्मेवारी हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २५ - एमालेले पार्टी भित्रका नेताहरुको आन्तरिक जिम्मेवारी हेरफेर गरेको छ । स्थायी समितिको बुढानीलकण्ठमा बसेको दिनभरको बैठकले मन्त्री रहेको सबै नेतहरुको पार्टीका जिम्मेवारी परिवर्तन गरी अन्य नेतलाई दिएको छ । बैठकले सचिव शंकर पोखरेललाई संसदीय दलको उपनेता र पार्टीको संसदीय विभागको जिम्मेवारी दिएको छ । यसअघि यो दुबै पदमा अर्का सचिव विष्णु पौडेल थिए । पौडल हाल रक्षा मन्त्री रहेकाले उनको जिम्मेवारी पोखरेललाई दिइएको हो । पौडेललाई यसअघि पार्टी संसदीय दलको उपनेता बनाउने निर्णय गरेपछि संसदीय दलले त्यसको कार्यान्वयन गरेको थिएन । अध्यक्ष झलनाथ खनाल पक्षले उपनेतामा बनाउन अनिच्छुक भएपछि पौडेलले औपचारिक रुपमा उपनेताको जिम्मेवारी लिइसकेका थिएनन् ।
यसअघि केन्द्रीय समितिले नेताहरुको जिम्मेवारी फेरफेर गर्ने जिम्मा स्थायी समितिलाई दिएको थियो । स्थायी समितिले विद्यार्थी ईन्चार्जमा गोकर्ण विष्टको ठाउँमा भानुभक्त ढकाल र युवा इन्चार्जमा योगेश भट्टराईलाई जिम्मेवारी दिएको छ । त्यस्तै सेती अञ्चल इन्चार्जमा भानुभक्त जोशीको स्थानमा कर्णबहादुर थापालाई ल्याएको छ भने राप्ती इन्चार्जमा प्रकाश ज्वालाको स्थानमा ललित बस्नेतलाई ल्याइएको छ । पूर्वाञ्चल ईन्चार्जको जिम्मेवारी विद्या भण्डारीलाई दिइएको छ ।

No comments: