News

Jun 8, 2011

कुवेतबाट २७ सय कामदारलाई घर फिर्न अनुमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २५ - कुवेत सरकारले आप्रवासी गैरकानुनी कामदारलाई दिएको आममाफीबाट २ हजार ७ सय नेपालीले घर फिर्ने अनुमति पाएका छन् । अनुमति पाएभन्दा अन्यत्रै गैरकानुनी रूपमा कार्यरत त्यस्ता कामदारले बिनासजाय घर र्फकने अवसर पाएका हुन् । तीन महिनाको म्याद दिँदै मार्च १ देखि लागू हुने गरी कुवेतले आममाफी घोषणा गरेको थियो । 'यहाँको कानुनविपरीत बस्दै आएकामध्ये दूतावासबाट राहदानी नभएका २७ सय नेपाली कामदारलाई घर फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कान्तिपुरलाई भने, 'अब उनीहरू स्वदेश फिर्न पाउनेछन् ।'आममाफीको समय एक महिना बाँकी भएकाले दूतावासमा ट्राभल डकुमेन्ट बनाउने यस्ता कामदारको थप भीड लागेको छ । 'गैरकानुनी कामदारले आममाफी पाएर स्वदेश गएमा पुनः कुवेत आउन पाउने छन्,' पौडेले भने, 'हामी यो अवसर सदुपयोग गर्न कामदारहरूलाई अनुरोध गरिरहेका छौं ।'कम्पनी भनेर ल्याएर भेडीगोठतिर पुर्‍याइएका कामदारहरू बढी भागेका छन् । यसबाहेक भाग्नेमा महिला कामदार पनि छन् । 'आममाफी नहुँदा कुबेतको कानुन अनुसार सजाय र जरिवाना तिरेपछि मात्रै स्वदेश जान पाउने थिएँ,' उनले भने, 'आममाफीले गर्दा फौजदारी अभियोग लागेका बाहेक सबै फिर्न पाउने छन् ।'

No comments: