News

Jun 5, 2011

मानवरहित विमानको आक्रमणबाट नौ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाकिस्तानको दक्षिणी वाजिरिस्तानमा अमेरिकी मानवरहित विमानले गरेको ड्रोन आक्रमणमा परी नौ लडाकुको मृत्युभएको छ । लमान गाउँमा लडाकुहरु लुकेको स्थानमा लक्षित गरी आक्रमण गरिएको र त्यसमा चरमपन्थी पाकिस्तानी लडाकु इलियास कस्मिरीसहित ८ लडाकूको मृत्यु भएको बताइएको छ । हरकतुल जिहाद अल इस्लामीका प्रमुख कस्मिरी गत महिना पाकिस्तानको कराँचीस्थित मेहरान नौ सेनाको अड्डामा भएको आक्रमणको योजनकार भएको बताइएको छ । हरकतुल जिहाद अल इस्लमी र अलकायदाबीच राम्रो सम्बन्ध रहेको र अफ्गानिस्तान पाकिस्तान तथा भारतमा भएका थुप्रै आक्रमणमा संलग्नता रहेको प्रहरीले जनाएको छ ।

No comments: