News

Jun 4, 2011

जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस दिवसको अवसरमा विभिन्न सङ्घ संस्थाहरुले देशका विभिन्न क्षेत्रहरुमा कार्यक्रमहरु गरिरहेका छन् । पुनर्स्थापित प्रतिनिधी सभाले नेपालले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत मुक्त मुलुक घोषणा गरेको थियो । यसै दिनको सम्झनामा हरेक वर्षजेठ २१ गते जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवस मनाउने निर्णय सरकारले गरेको छ । यसै दिवसको अवसरमा सन्देश दिँदै प्रधानमन्त्री झलनाथ खनालले जातीय विभेद तथा छुवाछुत उन्मूलन गर्न सबै क्षेत्रलाई आव्हान गरेका छन् । अन्याय र विभेदबिरुद्ध सङ्घर्षमा सक्रिया दलित आन्दोलन/अधिकारकर्मी तथा समुदायमा बधाइ दिँदै उनले भनेका छन्- "मुलुकमा अहिलेसम्म तीनवटा ठूला ऐतिहासिक राजनीतिक परिवर्तनहरु भएका छन् । जनसङ्ख्याको एकचौथाइ हिस्सा ओगटेका नेपाली दलित समुदायमाथि करिब ३५ सय वर्षेखि थोपरिँदै आएको तथा सामन्ती राज्यसत्ताको आडमा बाँचिरहेको जातीय छुवाछुत तथा भेदभावको चाहीँ अन्त्य हुन सकेको छैन ।"

No comments: