लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १८ - कांग्रेसले ८५ सदस्यीय केन्द्रीय समितिमा तीन पदाधिकारी सहित ६१ जना निर्वाचन मार्फत छनोट गर्ने गरी विधान शंसोधन प्रस्ताव पारित गरेको छ। यसअघि पदाधिकारी सहित ५० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न पाउने सभापतिको अधिकारलाई कटौतीगरी राजधानीमा जारी महासमिति वैठकले यस्तो निर्णय गरेको हो। शंसोधित विधान अनुसार केन्द्रीय समितिमा ७५ प्रतिशत सदस्यहरु निर्वाचनवाट चुनिने भएका छन् भने २५ प्रतिशत मनोनितवाट आउने छन्। चारदिनदेखि जारी महासमिति वैठकमा पदाधिकारी निर्वाचनका विषयमा लामो विवाद भएपछि हलको राँय सुझावको आधारमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहमतिमा सभापति, एक महामन्त्री र कोषाध्यक्षको प्रत्येक्ष निर्वाचन गर्ने र उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनित गर्ने गरी विधान शंसोधन प्रस्ताव पेश गरि निर्णय गरिएको छ। महासमितिले पारित गरेको शंसोधित विधानमा १६ जना केन्दीय सदस्य सभापतिले मनोनित गर्ने र उपसभापति, एक महामन्त्री र सहमहामन्त्री सहित तीन जना पदाधिकारी सभापतिले केन्द्रीय समितिमा प्रस्तावगरी निर्वार्चित केन्द्रीय समितिले चयन गर्ने गरी मनोनित गने व्यवस्था गरिएको छ। महासमिति वैठकमा पदाधिकारीको निर्वाचन गर्ने वा सभापतिले मनोनित गर्ने भन्ने बारेमा तिव्र मतभेद देखिएको थियो। महासमिति वैठकमा विधान शंसोधनका विषयमा चारदिन छलफल गर्दा समेत तिव्र धु्रविकरण भएपछि पदाधिकारीहरुले बुधवार विहान पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग छलफलगरी यस्तो निर्णय गरेका हुन। कोइरालासँगको भेटपछि केन्द्रीय पदाधिकारीहरुको वैठक बसी महासमिति वैठकमा आएका सुझावका आधारमा केन्द्रीय समितिको तर्फवाट विधान संशोधन प्रस्ताव पेश गरी पास गरिएको थियो। 'महासमिति वैठकमा आएको राँय सुझावलाई ध्यानमा राखि विधान शंसोधनको निर्णय गरिएको हो' कार्यवहाक सभापति सुसिल कोइरालाले सहमति गरेपछि महासमिति वैठकमा भने। महासमितिमा पेश गर्नु अघि कार्यवहाक सभापति कोइराला र उपसभाति रामचन्द्र पौडेलले हलको भावना अनुसार विधान संसोधनको निर्णय गरेको बताएका थिए। 'तपाईहरुको निर्देशन अनुसार हामीले सबैको राँय समेटेर विधान शंसोधन प्रस्तावको निर्णय गरेका छौ', कोइरालाले भने, 'अगामी दिनमा तपाईहरुकै मार्गनिर्देशनमा केन्द्रीय समितिले काम गर्ने छ।'उपसभापति रामचन्द्र पौडेलले वैठकमा उठेका सबै विषयहरुलाई ध्यानमा राख्दै निर्णय प्रक्रियामा सबैको सहभागि गराउने गरी अभुतपुर्व रुपमा विधान शंसोधन भएको टिप्पणी गरेका थिए। 'शंसोधित विधानले पार्टी भित्र आन्तरिक लोकतन्त्र स्थापना गरी पार्टीलाई नयाँ उचाईमा पुर्याएको छ' पौडेलले भने। कांग्रेसको इतिहासमा पहिलो पटक पार्टीको केन्द्रदेखि वुथ तहसम्म सवैजाति र समुदायको प्रतिनिधित्वको सुनिश्चीतता हुनेगरी विधान पारित भएको छ। शंसोधित विधानमा सभावेशीमा तर्फ केन्द्रीय समितिमा महिला ६ जना निर्वार्चित एक मनोनित, दलित ५ निर्वाचिएत एक मनोनित, जनजाति ५ निर्वार्र्चित एक मनोनित, मधेसी ५ निर्वार्चित एक मनोनित र मुस्लिम एक मनोनित र एक निर्वार्चित गरी कुल २७ जना केन्द्रीय सदस्य चुनिने भएका छन्।त्यस्तै प्रत्येक अञ्चलवाट एक/एक जना गरी १४ जना केन्द्रीय सदस्यहरु निर्वाचन माफर्त चुनिने छन्। तर त्यसरी अञ्चलवाट निर्वार्चित हुनेहरुलाई देशभरीका महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्ने प्रावधान विधानमा राखिएको छ। खुला तर्फ २५ जना केन्द्रीय सदस्य निर्वाचनम मार्फत आउने प्रावधान राखिएको छ।त्यसैगरी प्रत्येक निर्वाचन क्षेत्रवाट एक महिला सहित ५ जना महासमिति सदस्यको प्रवधान पनि शंसोधित विधानमा गरिएको छ। यसअघि प्रत्येक निर्वाचन क्षेत्रवाट ३ जना महासमिति सदस्यको व्यवस्था गरिएको थियो। महाधिवेशन प्रतिनिधको छनोट सम्वन्धमा भने प्रत्येक निर्वाचन क्षेत्रवाट कम्तीमा ११ जना छनोट हुने निर्णण् भएको छ। तर महाधिवेशन प्रतिनिधिहरुलाई समावेश बनाउने विषयमा परिमार्जन सहित केन्द्रीय समितिले मापदण्ड तयार गरी संसोधन गर्ने अधिकार महासमितिले दिएको छ। यसअघि प्रत्येक निर्वाचन क्षेत्रवाट ७ जना महाधिवेशन प्रतिनिधिको प्रावधान विधानमा थियो। कांग्रेसको विधान शंसोधनले सिमिति समुदाय र जातिको वर्चस्व रहेको पार्टीलाई सबै समुदायिको अनुभुति हुने पार्टीको रुपमा रुपान्त्रण गरेको छ। शंसोधन विधान लागु भएपछि पछाडि परेका जाति र समुदायहरुको केन्द्रीय समितिमा कांग्रेस सबैभन्दा अगाडी हुने छ। प्रमुख दलहरु एकिकृत नेकपा माओवादी र एमालेको वर्तमान विधानमा यति संख्यामा सिमान्तकृत समुदायको प्रतिनिधित्वको सुनिश्चितता गरिएको छैन। तर विधान संसोधन प्रस्ताव पास भए लगत्तै केही महिला सदस्यहरुले आफ्नो प्रतिनिधित्व कम भयो भन्दै पुन शंसोधन गर्न पदाधिकारीहरुलाई दवाव दिएका थिए। 'अन्तरिम संविधानलेनै ३३ प्रतिशत महिलाको सहभागिताको सुनिश्चीतता गरेकोले सोही आधारमा विधान संसोधन गर्नुपर्छ भन्ने आम्रो माग हो' कांग्रेस सभासद तथा महासमिति सदस्य पुष्पा भुषालले नागरिकसँग भनिन्।
केन्द्रीय समितिको संरचना
केन्द्रीय समितिको संरचना
खुला प्रतिस्पर्धा (सभापति, १ महामन्त्री र कोषाध्यक्ष सहित) २५
मनोनित (केन्द्रीय सदस्य) १६
अञ्चल सदस्य (निर्वार्चित) १४
पदाधिकारी मनोनित ३महिला (६ निर्वार्चित १ मनोनित) ७
जनजापत (५ निर्वार्चित १ मनोनित) ६
दलित (५ निर्वार्चित १ मनोनित) ६
मधेसी (५ निर्वार्चित १ मनोनित) ६
मुस्लिम (१ निर्वार्चित १ मनोनित) २
कुल ८५
No comments:
Post a Comment