News

Nov 18, 2009

'प्रचण्ड'को सरकार ढाल्ने सिङ्गापुर सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार चाँडै ढाल्न कांग्रेस सभापति कोइराला पनि सहमत भएको दाबी गर्नु भएको छ । अध्यक्ष प्रचण्डले आइतबार कोइराला स्वदेश फर्के लगत्तै उच्च स्तरिय राजनीतिक संयन्त्र मार्फत नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने दाबी गर्नुभयो । उहाँले चाँडै नै वर्तमान सत्ता गठबन्धन टुट्ने दावी गर्नुभयो । सिंगापुरमा उपचार गराईरहनु भएका काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गरि आज बुधबार सिंगापुरबाट स्वदेश फर्किनु भएका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै काँग्रेस सभापति कोइराला आइतबार स्वदेश फर्किएपछि राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- कोइराला स्वदेश फर्किएपछि गतिरोध अन्त्यका लागि प्रयास थालिनेछ । यसैबीच नेपाली कांग्रेस र एमालेका वरिष्ठ नेताहरु भने सरकार ढाल्ने सहमति भएको भए त्यो आफूहरुलाई मान्य नहुने पक्षमा उभिएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलले सरकार ढाल्ने कुरामा आफूहरु सहमत हुन नसक्ने बताउनु भयो ।

No comments: