News

Nov 21, 2009

माओवादीले तीन दिन संसद सुचारु हुन दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ६ - माओवादीले तेश्रो चरणको आन्दोलनअन्तर्गत पुषमा अनिश्चितकालीन आमहड्तालसम्मको कार्यक्रम तय गरेको छ । मंसीर महिनाभर प्रचार-प्रसार तथा जुलुस, धर्नालगायतका कार्यक्रम बनाएको माओवादीले पुष ७ पछि अनिश्चितकालीन आमहड्ताल गर्नेसम्मको कार्यक्रम तय गरेको हो ।दुई चरणको आन्दोलनसम्म सरकारले नागरिक सर्वोच्चतालगायत आफ्नो पार्टीले उठाएको माग सुनुवाई नगरेको ठहर गर्दै माओवादीको शनिबार बसेको केन्द्रीय समिति बैठकले तेश्रो चरणको आन्दोलन कार्यक्रम तय गरेको हो ।श्रोतहरुका अनुसार मंसीर ७ देखि १५ गतेसम्म प्रचारप्रसार, १६ गतेदेखि २६ गतेसम्म जनवर्गीय संगठनलाई प्रशिक्षण र २६ गतेदेखि ४ गतेसम्म जातीय मोर्चाहरुको प्रशिक्षण तथा विरोध कार्यक्रम तय गरिएको छ । त्यस्तै पुष ५ गतेदेखि ७ गतेसम्म आमहड्तालको कार्यक्रम तय गरिएको छ । त्यतिवेलासम्म पनि माग पूरा नभए माओवादीले अनिश्चितकालीन आमहड्ताल गर्नेसम्मका कार्यक्रम तय गर्ने भएको छ । बैठकका निर्णयबारे जानकारी दिन माओवादीले पत्रकार सम्मेलन गर्दैछ । ५ गतेसम्म माग पूरा नभए माओवादीले तेश्रो चरणको आन्दोलन गर्ने यसअघि नै बताएको थियो ।

No comments: