News

Nov 23, 2009

राज्यमन्त्रीमाथि कारवाहीको माग गर्दै कार्यालयहरु ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३नोभेम्बर,२००९, पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई कुटपीट गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि कारवाही गर्न सरकार उदासीन भएको भन्दै पर्सा जिल्लाका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिएका छन् । प्राप्त समाचार अनुसार राज्यमन्त्री बेगममाथि कारवाहीको माग गर्दै पर्सा जिल्लाका निजामती कर्मचारीहरुले पर्सा जिल्लाभरका सरकारी कार्यालय आज सोमबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । राज्यमन्त्री बेगममाथि कारवाही गर्न अल्टिमेटम दिंदा पनि सरकारले कुनै कदम नचालेको भन्दै कर्मचारीहरुले सरकारी कार्यालयहरु ठप्प पारेको जनाएका छन् ।
राज्यमन्त्री बेगममाथि कारवाहीको माग गर्दै निजामती कर्मचारीहरुले आइतबार पर्सा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयको कामकाज दुई घण्टा ठप्प पारेका छन् । उनीहरुले आइतबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सरकारी कार्यालयको कामकाज ठप्प पारेका हुन् । राज्यमन्त्री बेगममाथि कारवाही नभए आगामी मंसिर ११ गतेबाट देशभरका सरकारी कार्यालय ठप्प पारी आन्दोलनमा उत्रिने कर्मचारी संगठनहरुको चेतावनी दिईरहेका छन् ।

No comments: