News

Nov 22, 2009

विराटनगर, मंसिर ७ माओवादीको शिक्षक सङ्गठनले सोमवार पूर्वाञ्चलका सबै विद्यालय बन्दको घोषणा गरेको छन्। ताप्लेजुङमा युथफोर्सका कार्यकर्ताले शिक्षकमाथि गोली प्रहार गरेको भन्दै अखिल नेपाल शिक्षक सङ्गठनले पूर्वाञ्चलका सम्पूर्ण निजी र सामुदायिक विद्यालय बन्दको घोषणा गरेको हो।अखिल नेपाल शिक्षक सङ्गठन पूर्वी कमाण्डले आइतबार विज्ञप्ति जारी गर्दै विद्यालय बन्दको घोषणा गरेको हो। ताप्लेजुङमा मंसिर ५ गते अखिल नेपाल शिक्षक सङ्गठनका पूर्वी क्षेत्रीय व्युरो सह–सयोजक लक्ष्मी अन्छाङ्वोलाई युथफार्सका कार्यकर्ता रुपेश लिम्बू समूहले गोली प्रहार गरेको सङ्गठनको आरोप छ।

No comments: