News

Nov 19, 2009

धरान औधोगिक क्षेत्रमा अश्चितकालीन बन्दको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ नोभेम्बर,२००९, माओवादी समर्थित मजदुरहरुलेऔषधी उद्योगका व्यवस्थापन पक्षले आफ्नो माग पूरा नगरेको भन्दै आजदेखि धरान औधोगिक क्षेत्रमा अश्चितकालीन बन्दको घोषणा गरेका छन् ।बन्दको कारण धरान औधोगिक क्षेत्रमा संचालित २० उद्योगहरु ठप्प भएका छन् । उद्योगहरु बन्द भए पछि दैनिक लाखौ रुपैयाको विभिन्न सामाग्री, उपभोग्य वस्तु उत्पादन, विक्री वितरण हुन सकेको छैन । चार औषधी उद्योगमा कार्यरत मजदुरहरुले १७ दिन अघि देखि श्रम ऐन अनुसार तलव भत्ता, सुविधा, स्थायी नियुक्ति लगायत माग गरे पनि व्यवस्थापन पक्षले नमाने पछि दवाव दिन धरान औधोगिक क्षेत्र बन्द गरेको स्थानीय माओवादी नेताले बताए । माओवादी मजदुरहरुका कारण धरान औधोगिक क्षेत्रमा संचालित धरान डेरी, प्रीति भल्भ इन्डस्ट्री, सूर्य मेटल, महाविर उद्योग, बावा शीव प्याकेजीङ उद्योग, गोरखा फिड, कमला पोलिथिन उद्योग, महेस पोलिटीक इन्डष्ट्री, अमृत फिड इन्डष्ट्री लगायत उद्योग ठप्प भएको औधोगिक क्षेत्रका प्रसासकीय अधिकृत दिव्यराज अर्‍यालले जनाएका छन्।

No comments: