News

Nov 17, 2009

मङ्सिर ३ गते बिहान ३ बजे नेपाली आकाशमा उल्का वर्षा देखिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर १ गते ,आउँदो बुधबार अर्थात् मङ्सिर ३ गते बिहान ३ बजे नेपाली आकाशमा उल्का वर्षाको रोमाञ्चक दृश्य देखिने भएको छ । राजधानी र नेपालका अन्य भूभागमा समेत आकाश सफा रहेमा उल्का वर्षा का रोमाञ्चक दृश्य हेर्न सकिने खागोलविद्हरूले बताएका छन् । लियोनाइड नामक पुच्छ्रे ताराले छाडेका धूलो र पिण्डहरू पृथ्वीको परिक्रमापथमा नजिक पुगेपछि पृथ्वीको गुरुत्वाकर्षणका कारण पृथ्वीतर्फ तानिन जाँदा सो उल्का वर्षा हुने खागोलविद्हरूले बताएका छन् । सो दिन बिहान ३:०० बजे करिब एक घन्टाको अवधिमा यस्ता एक सयवटा उल्का वर्षा भएको देख्न सकिने खागोलविद् जयन्त आचार्यले जनाकारी गराउनुभयो । नेपाली बोलीचालीमा उल्का वर्षालाई उल्कापात तथा तारा पोइल गएको भनेर भन्ने चलन छ । धार्मिक रूपमा यस्तो उल्का ववर्षाका घटनालाई अशुभ घटनाका रूपमा लिने गरिन्छ । वैज्ञानिक दृष्टिबाट हेर्ने हो भने उल्का वर्षा हुनु एउटा सामान्य घटना हो । साधारण मानिसका लागि भने यो एउटा रमाइलो खगोलीय घटना हो । उल्का वर्षा भएको हेर्न कुनै टेलिस्कोप, उपकरण वा चस्माको आवश्यकता पर्दैन । घरको छत, कोठाबाट खुला आकाश नियाल्दा देख्न सकिने श्री आचार्यले जानकारी गराउनुभयो । सो दिन चन्द्रमा साँझमा नै अस्ताउने हुनाले काठमाडाँैमा यसपटकको उल्कापातको घटना हेर्नमा चन्द्रमाको उज्यालोले समेत बाधा पार्दैन ।

No comments: