News

Nov 18, 2009

शैक्षिक भ्रमणमा १ विद्यार्थीको मृत्यु, ५ लाई उच्च ज्वरो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बनेपा मंसिर ३- शैक्षिक भ्रमणमा निस्केका पनौती–१२ खोपासीस्थित बाल आदर्श माविका विद्यार्थीमध्ये एक जनाको यात्राकै क्रममा मृत्यु भएपछि विद्यालयमा रुवाबासी चलेको छ। कक्षा ९ मा अध्ययनरत् छात्रा दीपा श्रेष्ठको यसरी मृत्यु भएको हो। ६ दिन लामो भ्रमण सकेर फर्कने क्रममा दीपालाई मुग्लिन–नाराणयणगढ खण्डको दासढुंगामा पुग्दा बसको सीटमै अचेत देखेपछि बस फर्काएर भरतपुर अस्पताल लगिएको प्रधानाध्यापक खड्गप्रसाद बुर्लाकोटीले बताए। दीपाको उपचारमा संलग्न इमर्जेन्सीका डा. जगन्नाथ तिवारीले उनलाई अस्पताल ल्याइपुर्‍याउँदा नै मृत्यु भइसकेको घोषणा गरेका थिए।अन्य पाँच विद्यार्थीलाई समेत उच्च ज्वरो आएपछि सोही अस्पतालमा भर्ना गरिएको बुर्लाकोटीले फोनमा जानकारी दिए। उपचाररत् विद्यार्थीमा रेखा भुजेल, पूर्णिमाया लामा, अन्जु श्रेष्ठ, शर्मिला लामा, शिवु खड्का र सुवास श्रेष्ठ छन्। उनीहरुमा स्वाइन फ्लुको शङ्का गरी भरतपुर अस्पतालका चिकित्सकले टेकू अस्पताल, काठमाडौं रेफर गरेका छन्।कक्षा ९ र १० का ५९ जना विद्यार्थी तथा शिक्षक र कर्मचारीसहित ६७ जनाको टोली शैक्षिक भ्रमणका लागि असोज २७ गते इलाम पुगेको थियो।

No comments: