News

Nov 18, 2009

विश्व भ्रष्टाचार सूचकांकमा नेपाल १ सय ४३ औं स्थानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ३ - ट्रान्सपरेन्सी इन्टरनेसनलको विश्व भ्रष्टाचार सूचकांकमा नेपाल १ सय ४३ औं स्थानमा परेको छ । प्रतिवेदनले नेपालमा सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार नघटेको उल्लेख गरेको छ । 'सदीयौं पुरानो राजतन्त्र हटाएर संघीय गणतन्त्रमा प्रवेश गरेको नेपालले बितेका वर्षमा निकै शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेर संविधान लेखन प्रक्रियामा अगाडि बढे पनि भ्रष्टाचार अझ प्रमुख मुद्दा बनिरहेको छ,' प्रतिवेदनमा छ, 'त्यसको कारण कमजोर कानुनी व्यवस्था र कमजोर कानुन पालना गराउने संयन्त्र हो ।'भ्रष्टाचार कम हुने पहिलो, दोस्रो र तेस्रो मुलुकमा क्रमशः न्युजिल्यान्ड, सिंगापुर र अस्ट्रेलिया छन् ।

No comments: