News

Nov 23, 2009

सुनसरी स्ववियु सभापतिद्वारा क्याम्पस प्रमुखलाई हातपात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, मंसिर ८ सुनसरीको इनरुवास्थित सुनसरी बहुमुखी क्याम्पसका प्रमुख नारायणप्रसाद शर्मा भट्टराईलाई स्ववियु सभापतिले कार्यकक्षमै हातपात गरेका छन्। स्ववियु सभापति धर्मवीर आर्यले भट्टराईलाई हातपात गरेकाले सोमबारदेखि प्राध्यापकले सुरक्षाको माग राखेर पठनपाठन ठप्प पारेका छन्। केही दिनअघि धरानमा भएको वक्तृत्वकला प्रतियोगितामा विजयी भएर आएका दुई जना विद्यार्थीलाई भाडा खर्च दिने विषयमा विवाद हुँदा स्ववियु सभापति आर्यले भट्टराईमाथि हातपात गरेका हुन्।लामो समयदेखि आर्य आफूविरुद्ध लागेकाले सामान्य निहुँमा हातपात गरेको भट्टराईले बताएका छन्। आर्यले भने विद्यार्थीको हितका लागि समस्या लिएर जाँदा जहिले पनि प्रमुख भट्टराईले एकलौटी निर्णय गर्ने र वक्तृत्वकला प्रतियोगितामा विजयी भएर आएका विद्यार्थीलाई भाडा खर्च दिन प्रमाण खोजेकाले आवेशमा आएर हातपात गरेको बताएका छन्। उनले भने- सुरुमा दुई झप्पड हानें, पछि क्याम्पस प्रमुखले गाली गरेपछि थप कति थप्पड हानें ख्याल नै भएन।'

No comments: