News

Nov 23, 2009

एक हप्ताभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३नोभेम्बर,२००९, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र बनेपछि यही सरकार वा अर्को सरकार बनाएर भए पनि राष्ट्रिय सहमतिको सरकारबारे टुङ्गो बताउनुभएको छ ।
राजधानीमा आज आयोजित साक्षात्कारमा डा. कोइरालाले एक साताभित्रै उच्चस्तरीय राजनीतिक संयन्त्र घोषणा हुने बताउनुभयो । संयन्त्रलेनै राष्ट्रिय सहमतिको सरकारको टुंगो लगाउने उहाँले बताउनुभयो ।
'राष्ट्रिय सहमतिको सरकार अनिवार्य छ,' सहमतिको सरकार यही वा अर्को बन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो 'यही सरकारलाई निरन्तरता दिदै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्राथमिकतामा पर्छ, सहमतिका लागि सबै विकल्पहरुबारे छलफल हुन्छ ।' शान्ति प्रक्रियालाई केन्द्रमा राखेर सहमतिको सरकार बनाउने छलफल भएपनि मुख्यतः उच्चस्तरी राजनीतिक संयन्त्र गठनबारे कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले जोड दिनुभएको खुलासा गर्नुभयो । सभापति कोइरालाले माओवादीलाई यही सरकारमा आउन आग्रह गर्नुभएको बताउनुभयो । सरकार कस्को नेतृत्वमा बन्नेभन्दा पनि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने रोडम्याप तयार गर्नुपर्ने बताउनुभयो । सरकार सबै दल सहभागी भएको हुनुपर्ने बताउनुभयो । माओवादीले भनेजस्तो उसको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

No comments: