News

Nov 21, 2009

खोटाङका सरकारी कर्मचारीहरुले तलब पाएका छैनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ मंसिर ६- आर्थिक बर्ष २०६६/६७ को बजेट पारित नभएपछि, बजेट अभावमा खोटाङका सरकारी कार्यालयका कर्मचारीहरुले दुईमहिनादेखि तलब पाएका छैनन्। जिल्लाका १७ कार्यालयका कर्मचारीले तलब नपाएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङले जनाएको छ। जिल्ला प्रशासन, ईन्द्रध्वज गण मुडे ब्यारेकका नेपाली सेना र ईलाका प्रहरी कार्यालय दुईका प्रहरीहरुले असोजदेखि तलब पाएका छैनन्। यी बाहेक अन्य १४ कार्यालयका कर्मचारीले कात्तिक महिनाको तलब नपाएको कोलेनिकाका सहयाक लेखापाल रुक्माङ्गद अर्यालले बताए। उनका अनुसार जिल्ला अदालत, जिल्ला विकास, प्रहरी, कोलेनिका, जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन, जिल्ला स्वास्थ्य, पूर्वाञ्चल सिंचाई विकास सवडिभिजन ३ नम्बर कार्यालय, शैक्षिक तालिम केन्द्र ख, अनुसन्धान, हुलाक, नापी, आयूर्वेद र जिल्ला प्राविधिक कार्यालयका कर्मचारीहरुले तलब नपाएका हुन्। तलब नपुगेपछि, यसबारे महालेखा नियन्त्रक कार्यालय अनामनगरमा पत्र पठाईसकिएको कोलेनिकाले जनाएको छ। जिल्लाका ३० कार्यालयहरुले कोलेनिका मार्फत तलब लिन्छन्।

No comments: