News

Nov 20, 2009

कांग्रेस सभापति कोइरालालाई कांग्रेसले नै चुनौती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० नोभेम्बर, २००९, सिङ्गापुरमा उपचार गराउँदै गर्दा माओवादी अध्यक्ष प्रचण्डसँग सरकार ढाल्ने सम्झौता गर्नु भएका कांग्रेस सभापति कोइरालालाई चुनौती दिदैँ कांग्रेस संसदीय दलले सरकारलाई दिएको समर्थन कुनै हालतमा फिर्ता नहुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नहुन निर्णय गरेको संसदीय दलका प्रवक्ता नबिन्द्रराज जोशीले जानकारी दिनुभयो । कोइराला र प्रचण्डबीच नयाँ सरकार गठनबारे उच्चस्तरीय समिति मार्फत अघि बढ्ने सहमति भएको दुई दिन पनि नबित्दै संसदीय दलले यस्तो निर्णय गरेको हो । यो कोइरालाई चुनौति दिन गरिएको निर्णय हो –एक सभाषद्ले बताए । उनका अनुसार आइतबार कोइराला स्वदेश फर्केपछि सरकार परिवर्तनको गृहकार्यमा लाग्ने सम्भावना रहेको भन्दै यस्तो निर्णय गरिएको हो । पार्टी संसदीय दलले कोइरालाई दिएको यो दोस्रो चुनौती हो । बैठकले बजेट पारित गर्न समेत सबैलाई आग्रह गरेको छ ।

No comments: