News

Nov 16, 2009

तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टी पुन एउटै बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ नोभेम्बर, २००९ पाल्पा ,बिगतमा एउटै पार्टी तीन टुक्रा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी पुन एक हुने राप्रपाका एक वरिष्ठ नेताले दाबी गरेका छन् । राप्रपाका महामन्त्री ध्रुबबहादुर प्रधानले ३ पुराना राजावादी पार्टीबीच छिट्टै एकीकरण हुने दाबी गरेका हुन।पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा, सूर्यबहादुर थापा नेतृत्वको राजपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच केही दिनमै पार्टी एकीकरण हुने प्रधानले दाबी गरे। पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पाल्पा आएका महामन्त्री प्रधानले सोमबार सञ्चारकर्मीसँगको भेटमा भने- “केही कुरा मिल्न बाँकी रहे पनि छिट्टै पार्टी एकीकरणको घोषणा हुन्छ।”उनले वरियताक्रम र केही सैद्धान्तिक विषयमा कुरा मिल्न बाँकी रहेको बताए। पुनर्गठित पार्टीको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लागिनसकेको भन्दै प्रधानले पार्टी नेतृत्वका लागि सबैले दाबी गरेको खुलासासमेत गरे। उनले भने- अध्यक्षका लागि आ-आफ्नै दाबी छन् तर ढिलो-चाँडो कुरा मिल्छ। महामन्त्री प्रधानले सहमतिको संयुक्त सरकार अपरिहार्य रहेको पनि बताए। संयुक्त राष्ट्र सङ्घका महासचिव बान की मुनले सहमतिमा जोड दिएको भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत ठूलो दलका हैसियतले माओवादीलाई पाखा राख्न नहुने मत राखेको उनको भनाइ थियो।

No comments: