News

Nov 23, 2009

कांग्रेसका सभापति र प्रचण्डबीच आज भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ नोभेम्बर, २००९ ,सरकार परिवर्तनको हल्ला चलिरहे पनि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा सरकार परिवर्तन बारे कुनै पनि कुरा भएन । कोइरालालई सिङ्गापुरमै भेटेर फर्किएका दाहलले कोइराला स्वदेश फर्किएपछि सरकार परिवर्तन हुने दाबी गरेका थिए । यस बारेमा हिजो सभापति कोइरालाले सरकार परिवर्तनको कुनै कुरा नभएको बताएपछि अध्यक्ष प्रचण्डले आज सरकार परिवर्तनको कुरा सञ्चारमाध्यमले गलत रुपमा प्रचार गरेको टिप्पणी गरे । आज अपरान्ह कोइराला निवास महाराजगञ्जमा भएको भेटमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी समस्या समाधान गर्ने सहमति भएको भेटमा सहभागी उपप्रधानमन्त्री सुजाता कोइरालाले जानकारी दिइन् । कोइरालाका अनुशार सभापतिले दाहाललाई सरकार परिवर्तनको हल्ला किन गरेको भन्दा उनले आफूले नभइ सञ्चारमाध्यमले त्यस प्रकारको गलत प्रचार गरेको बताए । अध्यक्ष दाहालले आफू कोइरालाको भनाईप्रति गम्भिर भएको र उच्चस्तरिय संयन्त्रको लागि तयार रहेको बताएको स्रोतले दाबी गरेको छ । कोइरालासँगको भेटपछि प्रचण्डले 'राजनीतिक सहमतिको निकास खोज्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको बताए । उनले सिंगापुरमा सरकार परिवर्तनबारे कुनै छलफल नभएको बताए । मिडियाले गलत रुपमा व्याख्या गरेको बताए । वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको उनको भनाइ थियो । स्वास्थ्योपचारबाट हिजो स्वदेश फर्किएका कोइरालाले राजनीतिक परामर्शलाई गति दिएका हुन् । यसअघि हिजो प्रधानमन्त्री माधवकुमार नेपालसंग छलफल गरेका थिए ।

No comments: