News

Nov 16, 2009

संविधानसभाको कार्यतालिकका सातौं पटक संशोधन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर १ - संविधानसभाको कार्यतालिकका सातौं पटक संशोधन हुने भएको छ । विषयगत समितिहरुले तोकिएको समयभित्र अवधारणापत्र र प्रारम्भीक मस्यौदा निर्माण गर्न नसकेपछि पटकपटक कार्यतालिका संशोधन गर्नु परेको हो । संविधानसभाका अध्यक्ष सुभाष नेवाङ्कले अगामी ३ गते बस्ने बैठकले कार्यतालिका संशोधन गर्ने बताएका हुन् । सिहंदरवारस्थित आफ्नै कार्यकक्षमा सोमबार सञ्चारकर्मीसंग कुरा गदै नेम्वाङले संविधान जारि गर्ने भने परिवर्तन नहुने बताए । कार्यतालिका अनुसार नयाँ संविधान मिति २०६७ साल जेठ १४ गते घोषणा गरिने छ । 'यसमा कुनै परिवर्तन गरिएको छैन' नेम्वाङले भने । संविधानसभामा मस्यौदा पेश गर्न बाँकी रहेका समितिहरुलाई पनि ताकेता गर्दै गरेको बताए । अझै पनि संबैधानिक, राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड, शासकीय स्वरुप र प्राकृतिक स्रोत तथा आर्थिक स्रोतको बाँडफाँड समितिले अझै मस्यौदा बनाउन सकेको छैन ।

No comments: