News

Nov 19, 2009

कुटपिट घटनामा संलग्न राज्यमन्त्री बेगमसँग स्पष्टीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले पर्सा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कुटपिट गरेको घटनामा संलग्न राज्यमन्त्री करिमा बेगमसँग स्पष्टीकरण माग्नुभएको छ। नेपालले राज्यमन्त्री बेगमलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर घटनाका बारेमा जानकारी माग्नुभएको मन्त्री पोखरेलले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो। प्रधानमन्त्री नेपाललाई स्पष्टीकरण दिएर फर्किएकी राज्यमन्त्री बेगमले आफूले सीडीओलाई नभई दुर्गाप्रसाद भण्डारीलाई कुटेको भन्दै सञ्चारकर्मीलाई ठेलमठेल गरेकी थिइन्। उनले आफूलाई दुर्व्यवहार गरेका कारण सीडीओ कुटेको दाबी गरिन्।

No comments: