News

Nov 19, 2009

तीन ठूला दलको बैठकमा पनि सहमति हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समयदेखिको गतिरोध अन्त्य गर्नका लागि आज बसेको तीन ठूला दलको बैठकमा पनि सहमति हुन सकेन । साझा सङ्कल्प प्रस्ताव परिमार्जन गर्न बसेको बैठकले आज केही गर्न नसकेपछि अहिले ३ बजे बस्ने भनिएको शीर्ष नेताको बैठक पनि नहुने भएको छ। भोलि पुन यो समितिको बैठक बसेपछि तीन ठूला दलका नेताको बैठक हुने बताइएको छ। यसैबीच साझा सङ्कल्प प्रस्तावको बैठकमा सधैं पठाइने गरिएका कङ्ग्रेस प्रतिनिधि अर्जुननरसिंह केसीको सट्टा आज कृष्ण सिटौलालाई पठाइएको छ। उनले यसबारे धेरै कुरा थाहा नपाएकाले पनि बैठक टुङ्गोमा पुग्न नसकेको हो ।

No comments: